Isaiah 23:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ए सीदोन सहर, तेरो आनन्द अन्त भएको छ र तेरा बासिन्दाहरू अत्याचारमा परेका छन्। तिनीहरू भागेर साइप्रसतिर गए पनि तिनीहरूको सुरक्षा छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले भन्नुभयो, “हे चूर्ण पारिएका सीदोनकी कन्येछोरी, तेरो आमोदप्रमोद अब हुँदैन। उठ्, साइप्रस टापूतिर जा। तैंले त्यहाँ पनि केही विश्राम पाउनेछैनस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले भन्नुभयो, “हे सीदोनकी कन्या छोरी, अब तेरा निम्ति खुशी आउनेछैन, तँ श्रापित भइस्! “उठ्, कित्तीम र पश्चिमी किनारमा जा; त्यहाँ पनि तैँले विश्राम पाउनेछैनस्।”
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले भुन्नुहुन्छ, “हे सीदोनकी कन्यकेटीहरू, तिमीहरू नष्ट हुनेछौ। तिमीहरू पटक्कै आनन्दित हुने छैनौ।” तर सोरका मानिसहरू भन्दछन्, “कित्तिमहरूले हामीलाई साथ दिनेछ!” तर तिमीले समुद्र पार गरेर कित्तिम पुग्यौ भने, तिमीहरूले त्यहाँ आराम गर्ने ठाउँ समेत पाउने छैनौ।