Isaiah 23:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
(बेबिलोनियाहरूले जङ्गली जनावरहरूलाई टुरोस सहर मिच्न दिएका थिए, अश्शूरीहरूले होइन। टुरोस जफत गर्ने किल्लाहरू बसाल्ने त्यहाँका गढीहरू भत्काउने र सहर ध्वंस पारिराख्ने बेबिलोनीहरू थिए।)
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बेबिलोनीहरूको देशलाई हेर्। त्यस जातिको अब कुनै महत्त्व छैन। अश्शूरीहरूले त्यसलाई मरुभूमिका पशुहरूका निम्ति बनाएका छन्। तिनीहरूले आफ्ना घेरा-मचान खड़ा गरे, तिनीहरूले त्यसका किल्लाहरू उजाड़ पारी त्यसलाई भत्काइदिए र भग्नावशेष तुल्याइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बेबिलोनीहरूको देशलाई हेर्, यो जाति, जसको अब कुनै मूल्य छैन! अश्शूरहरूले त्यसलाई मरुभूमिका जन्तुहरूको ठाउँ बनाएका छन्; तिनीहरूले आफ्ना घेराबन्दीका धरहराहरू अग्ला बनाए; तिनीहरूले त्यसका किल्लाहरू नाङ्गो पारिदिए, र त्यसलाई नष्ट गरिदिए।
Nepali ERV (पवित्र बाइबल)
यसैले सोरका मानिसहरू भन्दछन्, “बाबेलका मानिसहरूले हामीलाई साथ दिनेछन्!” तर कल्दीहरूको देशलाई हेर! बाबेल अब देश रहेन। अश्शूरहरूले बाबेलमाथि आक्रमण गरेर युद्धका मचानहरू निमार्ण गरे। सिपाहीहरूले ती सुन्दर घरहरूबाट धेरै सम्पत्ति लगेर गए। अश्शूरले बाबेललाई जङ्गली जानवरहरू बस्ने ठाउँ बनायो। तिनीहरूले बाबेललाई एउटा खण्डहरूमा परिणत गरे।