Isaiah 23:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसले व्‍यापारबाट कमाएको धन परमप्रभुलाई अर्पण गरिनेछ। त्‍यसले त्‍यो धन कमाएर थुपार्नेछैन तर परमप्रभुलाई पुज्‍नेहरूले आफूलाई चाहिएको भोजन र वस्‍त्र किन्‍नलाई त्‍यो धन चलाउनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तापनि त्‍यसको नाफा र त्‍यसको कमाइ परमप्रभुको निम्‍ति अलग्‍गै छुट्ट्याइनेछ। भण्‍डारमा ती सञ्‍चय गरिनेछैन। त्‍यसका व्‍यापारका नाफाहरू परमप्रभुका मानिसहरूका निम्‍ति प्रशस्‍त खानेकुरा र सुन्‍दर लुगाका निमित्त हुनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
र पनि त्यसको लाभ र त्यसको कमाइ याहवेहको निम्ति छुट्याइनेछ; ती भण्डारमा राखिनेछैनन् अथवा थुपारिनेछैनन्। त्यसका लाभहरू याहवेहको सामु रहनेहरूका निम्ति प्रशस्त भोजन र मसिनो वस्त्रको लागि जानेछन्।
Nepali ERV (पवित्र बाइबल)
तर आफूले आर्जन गरेको पैसा सोरले राख्ने छैन्। सोरले व्यापारबाट संचय गरेको पैसा परमप्रभुको लागि राख्नेछ। सोरले त्यो पैसा परमप्रभुको सेवा गर्ने सेवकहरूलाई दिनेछ। यसकारण अघाईजेल सम्म परमप्रभुका सेवकहरूले खानेछन, सुन्दर र राम्रा लुगाहरू लगाउनेछन्।