Isaiah 23:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ए सीदोन सहर, तेरो बदनाम भएको छ! समुद्र र महासागरले तँलाई इन्कार गरी भन्छन्, “मैले कहिल्यै बच्चा जन्माएको छैनँ। मैले कहिल्यै छोरा-छोरीहरू हुर्काएको छैनँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे सीदोन र समुद्रनेरको किल्ला, लज्जित होओ, किनकि समुद्रले यसो भनेको छ, “म न त सुत्केरी वेदनामा परेकी छु, न मैले बालक जन्माएकी छु। मैले न त छोराहरू हुर्काएकी छु, न छोरीहरूलाई बढ़ाएकी छु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे सीदोन र सामुद्रिक किल्ला, लज्जित होओ; किनकि समुद्रले यसो भनेको छ: “न म सुत्केरी वेदनामा परेकी छु, न त मैले बालक जन्माएकी छु; न त मैले छोराहरू हुर्काएकी छु, न छोरीहरूलाई पालनपोषण गरेकी छु।”
Nepali ERV (पवित्र बाइबल)
सीदोन, तिमी अत्यन्त दुखीत हुनुपर्नेछ। किन? किनभने अब समुद्र अनि समुद्रका किल्ला यसो भन्दछ, ‘मेरा नानीहरू छैनन्। मसित प्रसव पीडाको अनुभव छैन। मैले नानीहरूलाई जन्म दिएको छैन। मैले जवान मानिसहरू र स्त्रीहरू पालेको छैन।’