Isaiah 24:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पृथ्वी मतवाला लरबर गर्दै हिँडेझैँ र आँधीमा छाप्रो हल्लेझैँ ढुन्मुनाउनेछ। संसार पापको भारले दबिएको छ। त्यो ढल्नेछ र फेरि कहिल्यै खडा हुनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पृथ्वी मतवाला मानिसझैँ धरमराउँछ। झुप्रोलाई बतासले हल्लाएझैँ त्यो यताउता हल्लिन्छ। आफ्नो बागीपनको दोष त्यसमाथि यति गह्रौँ भएको छ कि कहिल्यै नउठ्ने गरी त्यो ढल्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पृथ्वी मतवालाझैँ धरमराउँछ, झुप्रोलाई हावाले हल्लाएझैँ त्यो हल्लिन्छ; त्यसको विद्रोहको दोष यति गह्रौँ छ कि त्यो ढल्नेछ—कहिल्यै उठ्नेछैन।
Nepali ERV (पवित्र बाइबल)
संसारमा पापहरू एकदम गह्रौं भईसक्यो। यसैले पृथ्वी त्यही गह्रौंको कारण झर्नेछ। पृथ्वी पुरानो घर जस्तै र्थकिनेछ। मद पिएर मातेको मानिस जस्तो पृथ्वी लड्नेछ। पृथ्वी यथावत् रहनलाई सक्षम हुनेछैन।