Isaiah 24:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले राजाहरूलाई कैदीहरूलाई झैँ खाडलमा खाँदाखाँद जम्मा गर्नुहुनेछ। तिनीहरूका दण्डको समय नआएसम्म उहाँले तिनीहरूलाई झ्यालखानमा धेरै दिन बन्द राख्नुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कैदीहरू कैदखानाभित्र बाँधेर राखिएझैँ तिनीहरू एकसाथ जम्मा गरिनेछन्। तिनीहरू झ्यालखानमा बन्द गरिनेछन्, र धेरै दिनपछि तिनीहरूलाई सजाय दिइनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू खाडलभित्र बाँधेर राखिएका कैदीहरूझैँ एकसाथ थुपारिनेछन्; तिनीहरू झ्यालखानामा बन्द गरिनेछन्, र धेरै दिनपछि दण्ड भोग्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
धेरै मानिसहरू एक साथ भेला गराईनेछन्। ती मध्ये केही खाल्डोमा फ्याँकिनेछन्। अनि केही कैद हुनेछन्। तर अन्तमा धेरै समय पछि तिनीहरूको न्याय गरिनेछ।