Isaiah 24:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जून अँध्यारो हुनेछ र घामको चमक हराउनेछ किनभने सर्वशक्तिमान् परमप्रभुले राज्य गर्नुहुनेछ। उहाँले नै सियोन पर्वतमाथि यरूशलेममा राज गर्नुहुनेछ र उहाँका अगुवाहरूले उहाँको महिमालाई देख्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब चन्द्रमा शर्माउनेछ, र सूर्यको किरण लजाउनेछ। किनकि सर्वशक्तिमान् परमप्रभुले सियोन पर्वतमा र यरूशलेममा र त्यसका धर्म-गुरुहरूका सामुन्ने महिमासित राज्य गर्नुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
चन्द्रमाले शर्म मान्नेछ, र सूर्य लज्जित हुनेछ; किनकि सेनाहरूका याहवेहले सियोन पर्वतमा, यरूशलेममा, र त्यसका प्रधानहरूको सामु महिमासित शासन गर्नुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले सियोन पर्वतमा राजा सरह राज गर्नुहुनेछ। उहाँको महिमा बूढा-प्रधानहरूका समक्ष हुनेछ। उहाँको महिमाको प्रकाश उज्यालो यस्तो हुनेछ कि त्यो देखेर जुनलाई अप्ठेरो लाग्ने सरममा पर्ने छ अनि घाम लज्जित हुनेछ।