Isaiah 24:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरका नियम र उहाँले सदासर्वदाको लागि बाँध्नुभएको करार तोडेको कारणले मानिसहरूले पृथ्वी भ्रष्ट पारेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पृथ्वी त्यसमा रहने मानिसहरूद्वारा दूषित पारिएको छ। तिनीहरूले नियमहरू उल्लङ्घन गरेका छन्, कानूनहरू भङ्ग गरेका छन् र सदासर्वदाको करार तोड़ेका छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पृथ्वी त्यसमा भएका मानिसहरूद्वारा अशुद्ध भएको छ; तिनीहरूले व्यवस्था भङ्ग गरेका छन्, आज्ञाहरू उल्लङ्घन गरेका छन्; अनि अनन्तको करार तोडेका छन्।
Nepali ERV (पवित्र बाइबल)
यो पृथ्वीमा बस्ने मानिसहरूले भूमि नै अशुद्ध बनाउनेछ। यो कसरी भयो? मानिसहरूले परमेश्वरको व्यवस्थाका विरूद्ध गल्ती कामहरू गरे। मानिसहरूले परमेश्वरको धार्मिक-विधानहरू पालन गरेनन्। मानिसहरूले धेरै समय अघि नै परमेश्वरसँग एक करार गरेका थिए तर त्यो तिनीहरूले भङ्ग गरे।