Isaiah 24:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण परमेश्‍वरले पृथ्‍वीलाई सराप्‍नुभएको छ। मानिसहरूले आफ्‍ना दोषको फल भोग्‍दै छन्। थोरै मानिस बाँच्‍नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण एउटा सरापले पृथ्‍वीलाई भस्‍म गर्छ, र त्‍यसका मानिसहरूले दोषको दण्‍ड भोग्‍नैपर्छ। यसैकारण पृथ्‍वीका बासिन्‍दाहरू जलाइए, र थोरै मानिसहरू मात्र बाँकी रहेका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण श्रापले पृथ्वीलाई निलिहाल्छ; यसका मानिसहरूले आफ्ना दोषको दण्ड भोग्नुपर्छ। यसकारण पृथ्वीका बासिन्दाहरू जलाइएका छन्; अनि थोरै मात्र बाँकी रहेका छन्।
Nepali ERV (पवित्र बाइबल)
यस पृथ्वीमा बस्ने मानिसहरू आफ्ना गल्ती कामहरूले गर्दा दोषी छन्। यसैले यस पृथ्वीलाई ध्वंस गर्नलाई परमेश्वरले निर्णय गर्नुभयो। मानिसहरू दण्डित हुने छन्। केवल थोरै मानिसहरू मात्र बाँकी रहने छन्।