Isaiah 25:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले सियोन पर्वतलाई रक्षा गर्नुहुनेछ तर मोआबका मानिसहरू भने गोबरमा पराल कुल्चिएझैँ कुल्चाइनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यस पर्वतमा परमप्रभुको हात रहनेछ, तर मोआब उहाँमुनि कुल्चीमिल्ची हुनेछ, जस्तो पराल मलमा कुल्चीमिल्ची हुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि यस पर्वतमा याहवेहको हात रहनेछ; तर मोआबचाहिँ मलमा पराल कुल्चीमिल्ची पारिएझैँ तिनीहरूको देशमा कुल्चीमिल्ची पारिनेछ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुको शक्ति यो पर्वतमाथि छ। अनि मोआब परास्त हुनेछ। परमप्रभुले शत्रुलाई कुल्चिनु हुनेछ। यो मलको थुप्रोको तल थिचिएको पराल जस्तै हुनेछ।