Isaiah 25:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंले सहरहरू ध्वस्त पार्नुभएको छ र तिनीहरूका गढ नष्ट गर्नुभएको छ। शत्रुहरूले बनाएका राजमहलहरू सदाका लागि नामेट भएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंले सहरलाई ढुङ्गाको थुप्रो बनाइदिनुभएको छ। सुरक्षित नगरलाई ध्वंस गर्नुभयो। विदेशीहरूको किल्लाहरूले भरिएको सहर अब सहर रहेन। त्यो फेरि कहिल्यै निर्माण गरिनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंले सहरलाई ढुङ्गाको थुप्रोझैँ पारिदिनुभयो। अनि सुरक्षित नगरलाई ध्वंस बनाइदिनुभएको छ। परदेशीहरूका शक्तिशाली गढ अब सहर रहेन; त्यो फेरि कहिल्यै बनाइनेछैन।
Nepali ERV (पवित्र बाइबल)
तपाईंले शहर ध्वंस पार्नु भयो। यो दरिलो पर्खालहरूले सुरक्षित पारेको शहर थियो। तर अहिले यो केवल ढुङ्गाहरूको थुप्रो भएको छ। विदेशी महल नष्ट भयो अब यो कहिल्ये फेरि बनिने छैन्।