Isaiah 25:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गरीब र असहायहरूका निम्‍ति तपाईं बलियो शरणस्‍थान हुनुहुन्‍छ। तपाईंले तिनीहरूलाई आँधीबाट शरण र डढाउने घामबाट छायाँ दिनुभएको छ, निष्‍ठुर मानिसहरूले पर्खालमा ठोकिएको आँधीझैँ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईं गरीबहरूका निम्‍ति र दु:खमा परेका दरिद्रहरूका निम्‍ति एउटा शरण हुनुभएको छ, आँधीबेहरीमा शरण र घाममा छाया हुनुभएको छ। किनकि निष्‍ठुरहरूको झोँक पर्खालमा ठोकिएको आँधीझैँ हो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईं गरिबहरूका निम्ति, कष्‍टमा परेकाहरूका निम्ति, आँधीबतासमा शरण र गर्मीबाट जोगाउने छाया हुनुभएको छ। किनकि निष्‍ठुरहरूको सास पर्खालमा ठोक्‍किने आँधी,
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु, तपाईं गरीब मानिसहरूका निम्ति सुरक्षाको ठाउँ हुनुहुन्छ। यी मानिसहरूलाई पराजित गर्न धेरै समस्याहरू सृष्टि भए तर तपाईंले तिनीहरूको रक्षा गर्नुभयो। परमप्रभु, बाढी र गर्मीबाट जोगाउनुका निम्ति तपाईं मानसिहरूको घर जस्तै हुनुहुन्छ। कष्टहरू भयंकर हुरी र बर्खा जस्तै हुन्। पानी पर्खालको विरोधमा प्रचण्ड बढछ। तर घरभित्र मानिसहरूलाई क्षति हुनेछैन्।