Isaiah 25:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहाँ सियोन पर्वतमा सर्वशक्तिमान् परमप्रभुले पृथ्‍वीका सबै जातिहरूका निम्‍ति एउटा भोजन तयार गर्नुहुनेछ। त्‍यो भोज स्‍वादिष्‍ट भोजन र उत्तम मद्यले पूर्ण हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सर्वशक्तिमान्‌ परमप्रभुले यसै पर्वतमा सारा मानिसहरूका निम्‍ति मीठा-मीठा थोकहरू— छिप्‍पिएको मद्य, असल-असल स्‍वादिष्‍ट थोकहरू, सबैभन्‍दा असल मद्यको भोज लाउनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यस पर्वतमा सेनाहरूका याहवेहले सबै मानिसहरूका निम्ति मिठा-मिठा थोकहरू, छिप्पिएको मद्यको ठूलो भोज, सर्वोत्तम मासु र सर्वोत्तम मद्य तयार पार्नुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
त्यस समय, सेनाहरूका परमप्रभुले त्यो पर्वतमा आफ्ना सारा मानिसहरूलाई महाभोज दिनुहुनेछ। त्यस भोजमा उत्तम भोजनहरू र मद हुनेछ। मासु कलिलो र राम्रो हुनेछ।