Isaiah 25:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सार्वभौम परमप्रभुले सधैँभरिका लागि मृत्युलाई नाश गर्नुहुनेछ! उहाँले प्रत्येकका आँखाबाट आँसु पुछिदिनुहुनेछ र सारा जगत्मा आफ्ना प्रजाले भोगेका बदनाम हटाइदिनुहुनेछ। परमप्रभु आफैंले यो कुरा भन्नुभएको छ!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले मृत्युलाई सदाको निम्ति निल्नुहुनेछ। परमप्रभु परमेश्वरले सबैका अनुहारबाट आँसु पुछिदिनुहुनेछ। उहाँले सारा पृथ्वीबाट आफ्नो प्रजाको निन्दा हटाइदिनुहुनेछ। परमप्रभुले भन्नुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले मृत्युलाई सधैँको निम्ति निलिदिनुहुनेछ। प्रभु याहवेहले सबै अनुहारहरूबाट आँसु पुछिदिनुहुनेछ; उहाँले समस्त पृथ्वीबाट आफ्ना मानिसहरूका अपमान हटाइदिनुहुनेछ। याहवेह बोल्नुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
तर मृत्युलाई सदाको निम्ति नष्ट गरि दिनुहुनेछ। अनि मेरो परमप्रभु, मेरो मालिकले प्रत्येकको अनुहारबाट आँसु पुछि दिनुहुनेछ। बितेका दिनहरूमा, तिनीहरू सबै उदास थिए। तर परमेश्वरले पृथ्वीबाट त्यो उदासीनता हटाई दिनुहुनेछ। यी सबै कुराहरू हुनेछ किनभने परमप्रभुले त्यसो भन्नुभएको थियो।