Isaiah 25:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसो भएपछि सबैले भन्नेछन्, “उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ! हामीले उहाँमा भरोसा राखेका छौं र उहाँले हामीलाई उद्धार गर्नुभएको छ। उहाँ नै परमप्रभु हुनुहुन्छ। हामीले उहाँमाथि भरोसा राखेका छौं र अहिले आनन्द र रमाहट गर्दछौं किनभने उहाँले हामीलाई बचाउनुभएको छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यस दिन तिनीहरूले यसो भन्नेछन्, “निश्चय उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ, हामीले उहाँमाथि भरोसा गर्यौं र उहाँले नै हामीलाई बचाउनुभयो। उहाँ नै परमप्रभु हुनुहुन्छ, उहाँमाथि हामीले भरोसा गर्यौं। उहाँले गर्नुभएको उद्धारमा हामी खुशी होऔं र रमाऔं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस दिन तिनीहरूले यसो भन्नेछन्, “निश्चय उहाँ हाम्रा परमेश्वर हुनुहुन्छ; हामीले उहाँमा भरोसा राख्यौँ, र उहाँले हामीलाई बचाउनुभयो। उहाँ नै याहवेह हुनुहुन्छ, र हामीले उहाँमाथि भरोसा राख्यौँ; हामी उहाँले दिनुभएको मुक्तिमा आनन्दित होऔँ र रमाऔँ।”
Nepali ERV (पवित्र बाइबल)
त्यसबेला, मानिसहरूले भन्नेछन्, “उहाँ हाम्रो परमेश्वर हुनुहुन्छ, जसलाई हामीले पर्खिरहेका थियौं। उहाँ हामीलाई बचाउन आउनु हुनेछ। हामी हाम्रो परमप्रभुलाई पर्खिरहेका छौं। यसकारण जब उहाँले हामीलाई बचाउनु हुनेछन हामी आनन्दित र खुशी हुनेछौं।”
Recommended Reading