Isaiah 26:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो दिन आउँदै छ, जब मानिसहरूले यहूदा देशमा यो भजन गाउनेछन्। हाम्रो सहर बलियो छ! परमेश्वर आफैं यसका पर्खालको रक्षा गर्नुहुन्छ!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यस दिन यहूदाको देशमा यो गीत गाइनेछ: हाम्रो एउटा बलियो सहर छ। परमेश्वरले त्यसका भित्ता र पर्खाललाई उद्धार बनाउनुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस दिन यहूदा देशमा यो गीत गाइनेछ: हाम्रो एउटा बलियो सहर छ; परमप्रभुले हाम्रो सुरक्षाको लागि त्यसको भित्री र बाहिरी पर्खालहरू बनाउनुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
त्यसबेला मानिसहरूले यहूदामा यो गीत गाउनेछन परमप्रभुले, हामीलाई हाम्रो मुक्ति दिनु हुनेछ। हामीसँग बलियो शहर छ। हाम्रो शहरको दरिलो पर्खाल र रक्षकहरू छन्।