Isaiah 26:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईं दुष्‍टहरूमाथि पनि दयालु नै हुनुहुन्‍छ, तापनि ठीक काम गर्न तिनीहरू कहिल्‍यै सिक्‍दैनन्। सोझाहरू बास गर्ने यस देशमा पनि तिनीहरूले अझसम्‍म दुष्‍कर्म नै गरिरहन्‍छन्। तिनीहरू तपाईंको महान्‌ता बुझ्‍न इन्‍कार गर्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दुष्‍टमाथि अनुग्रह देखाइए तापनि तिनीहरूले धार्मिकता सिक्‍नेछैनन्‌। सोझाहरूको देशमा पनि तिनीहरू दुष्‍ट्याइँ गरी नै रहन्‍छन्, र परमप्रभुको महिमालाई ख्‍याल गर्दैनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दुष्‍टहरूलाई अनुग्रह देखाइए तापनि तिनीहरूले धार्मिकता सिक्दैनन्। सोझाहरूको देशमा पनि तिनीहरू दुष्‍टता गरिनै रहन्छन्, र याहवेहको महानताको कदर गर्दैनन्।
Nepali ERV (पवित्र बाइबल)
यदि तपाईंले तिनीहरूलाई करूणा दर्शाउनु भयो भने दुष्ट मानिसहरूले राम्रो काम गर्न सिक्ने छैनन्। उनीहरू राम्रो संसारमा बसे ता पनि दुष्ट मानिसहरूले अनिष्ट कामहरू मात्र गर्दछन्। त्यो दुष्ट मानिसले कहिले पनि परमप्रभुको महानता देख्ने छैन।