Isaiah 26:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब तिनीहरू मरेका छन् र फेरि जिउँनेछैनन्, तिनीहरूका आत्मा जाग्नेछैनन् किनभने तिनीहरूलाई तपाईंले दण्ड दिएर नाश गर्नुभएको छ। कसैले अब तिनीहरूलाई याद गर्दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू मरे, अब उप्रान्त तिनीहरू जिउनेछैनन्। बिदा भइसकेका ती आत्माहरू बिउँतनेछैनन्। तपाईंले तिनीहरूलाई सजाय दिनुभयो र नाश गर्नुभयो, र तिनीहरूका सबै सम्झना मेटिदिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू अब मरेर गएका छन्, तिनीहरू फेरि बाँच्नेछैनन्; ती गइसकेका आत्माहरू उठ्दैनन्। तपाईंले तिनीहरूलाई दण्ड दिनुभयो र तिनीहरूलाई सर्वनाश पार्नुभयो; तपाईंले तिनीहरूको सबै सम्झना मेटिदिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
ती मृत देवताहरू जीवत हुनेछैनन्। ती प्रेतहरू मृत्युबाट बौरी उठ्नेछैनन्। तपाईंले तिनीहरूलाई नाश गर्ने निर्णय गर्नु भएको छ। जसले हामीलाई सोच्न लगाउँदछन् त्यो प्रत्येक कुरा नाश गर्नु भयो।