Isaiah 26:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमप्रभु, जसरी बच्‍चा जन्‍माउन लागेकी स्‍त्री वेदनाले कराउँछे, हामीहरू पनि तपाईंको सामुन्‍ने त्‍यस्‍तै छौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जन्‍म दिने बेला नजिक आउँदा जसरी एउटी गर्भवती स्‍त्री पीडामा पर्दछे, र आफ्‍नो वेदनामा कराइउठ्‌छे, त्‍यसरी नै, हे परमप्रभु, हामी पनि तपाईंको सामुन्‍ने भएका थियौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बालक जन्माउन आँटेकी स्त्री छटपटाउँदै कष्‍टमा कराएझैँ, हामी पनि हे याहवेह, तपाईंको उपस्थितिमा त्यस्तै भएका थियौँ।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, जब हामी तपाईं सँग थिएनौं, हामी प्रसुतो वेदनामा रूने स्त्री जस्तै थियौं।