Isaiah 26:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु आफ्‍नो परमधामबाट पृथ्‍वीका मानिसहरूलाई तिनीहरूका पापका निम्‍ति दण्‍ड दिन आउँदै हुनुहुन्‍छ। पृथ्‍वीमा भएका गुप्‍त हत्‍याहरू प्रकट हुनेछन् र हत्‍या भएकाहरूलाई जमिनले लुकाएर राख्‍न सक्‍नेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हेर, पृथ्‍वीका मानिसहरूलाई तिनीहरूका पापका निम्‍ति सजाय दिन परमप्रभु आफ्‍नो वासस्‍थानबाट निस्‍की आउँदैहुनुहुन्‍छ। पृथ्‍वीले आफूमाथि पोखाइएको रगत प्रकट गर्नेछ, र मारिएकाहरूलाई अब उप्रान्‍त पृथ्‍वीले छिपाउनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हेर, पृथ्वीका मानिसहरूलाई तिनीहरूका पापका निम्ति दण्ड दिनलाई, याहवेह आफ्ना वासस्थानबाट बाहिर निस्की आउनुहुँदैछ। पृथ्वीले त्यसमाथि बगाएको रगत देखाइदिनेछ; त्यसले अब आफ्ना मृतकहरूलाई अझै लुकाइराख्नेछैन।
Nepali ERV (पवित्र बाइबल)
संसारका मानिसहरूले गरेका अनिष्ट कामहरूका न्याय गर्नलाई परमप्रभुले आफ्नो ठाउँ छोडेर आउनु हुनेछ। पृथ्वीमा जो जो मारिए उनीहरूको रगत प्रकट गराइनेछ। पृथ्वीले धेरै बेरसम्म मृत-मानिसहरू छिपाउने छैन।