Isaiah 26:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राती सारा हृदयले म तपाईंको चाहना गर्दछु, बिहानै मेरो आत्‍माले तपाईंको तृष्‍णा गर्दछ। तपाईंले पृथ्‍वी र त्‍यसका बासिन्‍दाहरूको निसाफ गर्नुहुँदा, तिनीहरूले धार्मिकता के हो, सो सिक्‍नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राती मेरो प्राणले तपाईंको लालसा गर्छ। बिहान मेरो आत्‍माले तपाईंको चाहना गर्दछ। जब तपाईंको न्‍याय पृथ्‍वीमा प्रकट हुन्‍छ, तब संसारका मानिसहरूले धार्मिकता सिक्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राति मेरो प्राणले तपाईंको चाहना गर्दछ; बिहान मेरो आत्माले तपाईंको चाहना गर्छ। तपाईंका न्याय पृथ्वीमा आउँदा, संसारका मानिसहरूले धार्मिकता सिक्छन्।
Nepali ERV (पवित्र बाइबल)
मेरो प्राण रातमा तपाईंसँग रहन चाहन्छ। अनि मभित्र भएको आत्मा प्रत्येक नयाँ दिनेको प्रात कालमा तपाईंसँग रहन चाहन्छ। जब तपाईंको न्यायको बाटो यस पृथ्वीमा आउँदछ, मानिसहरूले बाँच्ने राम्रो र ठीक बाटो पाउने छन्।