Isaiah 27:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस दिन घस्रेर हिँड्‍ने बटारिने अजिङ्गरजस्‍तै जलराक्षस लिव्‍यातनलाई दण्‍ड दिन परमप्रभुले आफ्‍नो शक्तिशाली र प्राणघातक तरवार चलाउनुहुनेछ र त्‍यो समुद्रमा बस्‍ने राक्षसलाई मार्नुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस दिन परमप्रभुले आफ्‍नो डरलाग्‍दो, शक्तिशाली र ठूलो तरवारले त्‍यो सुल्‍कने सर्प, लिव्‍यातन्, त्‍यो गुँडुली बस्‍ने सर्पलाई दण्‍ड दिनुहुनेछ। उहाँले समुद्रको विशाल अजिङ्गरलाई मार्नुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस दिन याहवेहले आफ्नो कठोर, उहाँको डरलाग्दो, महान् र शक्तिशाली तरवारले त्यस घस्रेर हिँड्ने सर्प लिव्यातनलाई दण्ड दिनुहुनेछ; त्यो समुद्रमा गुँडुलेर बस्‍ने लिव्यातनलाई मार्नुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
त्यस समयमा परमप्रभुले लिब्यातानलाई जाँच गर्नु हुनेछ। लिब्यातान एउटा अधर्मी सर्प जस्तै हो जसमाथि परमप्रभुले आफ्नो विशाल तरवार चलाउनु हुनेछ। उहाँले आफ्नो बलियो अनि शक्तिशाली तरवारद्वारा सर्प लिब्यातानलाई दण्ड दिनु हुनेछ। परमप्रभुले समुद्रको ठूलो राक्षसलाई मार्नुहुनेछ।