Isaiah 27:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गढी बनाएर सुरक्षित गरिएको सहर ध्‍वंस भएको छ। उजाड-स्‍थानजस्‍तै त्‍यो त्‍यागिएको छ। त्‍यो गाई-गोरुको चरन बनेको छ। त्‍यहाँ गाई-गोरु चर्छन् र विश्राम गर्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सुरक्षित सहर निर्जन भयो, निर्जन र त्‍यागिएका वासस्‍थान उजाड़ भूमिझैँ भयो। त्‍यहाँ बाछाहरू चर्छन्, त्‍यहाँ तिनीहरूले विश्राम गर्छन्, र तिनीहरूले त्‍यसका हाँगाहरू लुछेर नाङ्गै बनाउँछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सुरक्षित सहर निर्जन भयो, निर्जन र त्यागिएका वासस्थान उजाड भूमिझैँ भयो; त्यहाँ बाछाहरू चर्छन्, त्यहाँ तिनीहरू विश्राम गर्छन्; तिनीहरूले त्यसका हाँगाहरू लुछेर नाङ्गा पारिदिन्छन्।
Nepali ERV (पवित्र बाइबल)
त्यस समय, महान शहर रित्तो हुनेछ, त्यो मरूभूमि जस्तो हुनेछ। सारा मानिसहरू गइसकेका हुनेछन्। तिनीहरू भाग्ने छन्। शहर एक खुल्ला चउर जस्तो हुनेछ। गाई-वस्तुहरूले त्यहाँ खानेछन्। गाई-वस्तुहरूले दाखका हागाँहरूबाट पातहरू खानेछन्।