Isaiah 27:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस दिन यूफ्रेटिस नदीदेखि मिश्रको सिमानासम्म परमप्रभुले एक-एक गरी आफ्ना प्रजालाई बटुल्नुहुनेछ। कसैले भुसबाट गहुँ छुट्ट्याएझैँ परमप्रभुले आफ्ना प्रजालाई छुट्ट्याउनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यस दिन परमप्रभुले बगिरहने यूफ्रेटिस नदीदेखि मिश्रको खोलासम्मै आफ्नो अन्न छाँट्नुहुनेछ, र हे इस्राएली, तिमीहरूचाहिँ एक-एक गरी जम्मा गरिनेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस दिन याहवेहले बग्दै गरेको यूफ्रेटिसदेखि इजिप्टको नदीसम्म झाँट्नुहुनेछ; अनि हे इस्राएलीहरू हो, तिमीहरू एक-एक गरी भेला गरिनेछौ।
Nepali ERV (पवित्र बाइबल)
त्यसबेला परमप्रभुले आफ्ना मानिसहरूलाई अरूहरूबाट अलग गर्नुहुनेछ। उहाँले यूफ्रेटिस नदीमा शुरू गर्नु हुनेछ। परमप्रभुले आफ्ना मानिसहरूलाई यूफ्रेटिस नदीबाट मिश्रको नदीमा जम्मा गर्नुहुनेछ। तिमीहरू इस्राएलका मानिसहरू एक, एक गर्दै त्यहाँ भेला हुने छौ।