Isaiah 27:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो दिन आएपछि मिश्री र अश्शूर देशमा कैदमा परिरहेका सबै इस्राएलीहरूलाई फर्काई ल्याउने एउटा तुरही बज्नेछ। तिनीहरू फर्किआउनेछन् र परमप्रभुलाई यरूशलेमको पवित्र डाँडामा पुज्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यस दिन एउटा ठूलो तुरही बज्नेछ। अश्शूरमा नष्ट हुनेहरू र मिश्रदेशमा निर्वासित भएकाहरू आएर यरूशलेमको पवित्र पर्वतमा परमप्रभुको आराधना गर्नेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस दिन ठूलो तुरही बज्नेछ। अश्शूरमा नष्ट हुनेहरू र इजिप्टमा निर्वासित भएकाहरू आएर यरूशलेममा पवित्र पर्वतमाथि याहवेहलाई आराधना गर्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
मेरा धेरै मनिसहरू अश्शूरमा हराएका छन्। कतिपय मेरा मानिसहरू मिश्रबाट भागेका छन्। तर त्यही बेला, महान तुरही फुकिने छ। अनि ती सारा मानिसहरू यरूशलेममा फर्किने छ। ती मानिसहरूले त्यो पवित्र पर्वतमा आएर परमप्रभुको सामु घुँडा टेकेर झुक्ने छन्।