Isaiah 27:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर इस्राएलका पाप त्यो दिन मात्र क्षमा गरिनेछ, जुन दिन मूर्तिपूजा गर्ने ढुङ्गाका वेदीहरू खरी-ढुङ्गाझैँ धुलोपिठो पारिनेछन् र अरू कुनै धूप-वेदी वा अशेरा देवीको मूर्ति रहनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैद्वारा याकूबको अधर्मको प्रायश्चित गरिनेछ, र त्यसको पाप दूर गरिएको सारा फल यही हुनेछ। जब त्यसले वेदीका सबै ढुङ्गाहरू खरी-ढुँगाझैँ चकनाचूर पार्छ, तब अशेरा देवीका खम्बा र धूप बाल्ने वेदीहरू फेरि खड़ा हुनेछैनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब यसद्वारा याकोबको अपराधको प्रायश्चित हुनेछ; अनि यसरी त्यसको पाप हटाएको सम्पूर्ण परिणाम यही हुनेछ: जब उहाँले वेदीका ढुङ्गाहरूलाई खरी ढुङ्गाझैँ धुलोपिठो पार्नुहुन्छ; त्यहाँ कुनै अशेरा देवीको खम्बा अथवा धूपको वेदी खडा हुनेछैन।
Nepali ERV (पवित्र बाइबल)
याकूबको दोष कसरी क्षमा गरिने? उसका पापहरू कसरी हटाइने? ती कुराहरू हुने नै हो चट्टानको वेदी धूलो परिनेछ। झूटा देवताहरूलाई मूर्तिहरू र वेदीहरू पुज्ने नष्ट हुनेछन्।