Isaiah 28:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलका राज्यको नाश हुनेछ! मतवाला अगुवाहरूले लाएका फूलका मुकुटझैँ त्यसको गौरव ओइली जाँदैछ। तिनीहरूका अहङ्कारी अगुवाहरूले उत्तम सुगन्धित अत्तर लाएका छन् तर तिनीहरू मद्यले मातेर लडिरहेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एफ्राइमका मतवालाहरूको अहङ्कारका शिरको फूलमालालाई र त्यसको महिमित शोभाको ओइलाउने फूललाई धिक्कार, जो मलिलो उपत्यकाको सिरानमा राखिएको छ। त्यो सहर जसको अहङ्कारलाई दाखमद्यले होच्याइएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एफ्राइमका मतवालाहरूको घमण्डका शिरको मुकुटलाई, र त्यसको महिमित शोभाको ओइलाउने फूललाई धिक्कार, जो मलिलो उपत्यकाको सिरानमा राखिएको छ; त्यो सहर, जसको घमण्डलाई दाखमद्यले होच्याइएको छ!
Nepali ERV (पवित्र बाइबल)
सामरियालाई हेर! एप्रैमका मतवालाहरूले त्यस शहरको घमण्ड गर्छन्। त्यो शहर वरिपरि भञ्ज्याङ भएको पहाडमा अवस्थित छ। सामरियाका मानिसहरूले त्यो शहरलाई। फूलहरूको मुकुट जस्तै सुन्दर सम्झन्छन्। तर तिनीहरू दाखरस पिएर मस्त छन्। अनि यो “सुन्दर मुकुट” ओइलाउदै गएको विरूवा भइरहेछ।