Isaiah 28:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसैकारण परमप्रभुले तिमीहरूलाई अक्षर-अक्षर, हरफ-हरफ र पाठ-पाठ गरी सिकाउनुहुनेछ। तब प्रत्‍येक पाइलामा तिमीहरू ठेस खानेछौ। तिमीहरूले चोट पाउनेछौ, पासोमा पर्नेछौ र कैदमा पर्नेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण परमप्रभुको वचन तिनीहरूलाई यस्‍तो हुनेछ: गरिबस्, गरिबस्, शासन गर्, शासन गर्, अलिकति यहाँ, अलिकति त्‍यहाँ। यसरी तिनीहरू अगि बढून्, लोटून्, घाइते होऊन्‌ र पासोमा परून्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण याहवेहको वचन तिनीहरूलाई यस्तो हुनेछ: यो गर, त्यो गर, यसमाथि नियम, त्यसमाथि नियम, अलिकति यहाँ, अलिकति त्यहाँ, यसरी तिनीहरू अगि बढ्दा पछिल्तिर लोटून्; घाइते होऊन् र पासोमा परेर पक्राउ परून्।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ परमेश्वर द्वारा बोलिने शब्दहरू सरलहुनु पर्छ, आदेश यहाँ छ, आदेश त्यहाँ छ। “सौ लासौ सौ लासौ, काव लाकाव काव लाकाव, जेईर शाम जेईर शाम” तिनीहरूले त्यसै गरे जस्तो तिनीहरूले मन पराए। त्यही कारण तिनीहरू पछौटे भए अनि पराजित भए। मानिसहरू धरापमा परे अनि पक्राउमा परे।