Isaiah 28:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू धाकसित भन्दछौ कि हामीले मृत्युसित सन्धि गरेका छौं र पातालसित मतो मिलाएका छौं। तिमीहरूलाई पक्का छ कि विपत्ति आउँदा बाँच्नेछौ किनभने आफ्नो सुरक्षाको निम्ति तिमीहरू झूट र छलमा भरोसा गर्दछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले यो भनेर घमण्ड गर्दछौ, “हामीले मृत्युसित करार बाँधेका छौं, र पातालसित हामीले सम्झौता गरेका छौं। अत्यन्तै ठूलो विपत्ति हामीमाथि परे तापनि, त्यसले हामीलाई छुनेछैन। किनकि हामीले झूटको शरण लिएका छौं, र असत्यतालाई हाम्रो लुक्ने ठाउँ बनाएका छौं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू घमण्ड गर्छौ, “हामीले मृत्युसित करार बाँधेका छौँ; चिहानसित हामीले सम्झौता गरेका छौँ। कुनै भयानक विपत्ति छेउमा आइपर्दा, त्यसले हामीलाई छुन सक्दैन; किनकि हामीले झूटलाई आफ्नो शरणस्थान र असत्यलाई आफ्नो लुक्ने स्थान बनाएका छौँ।”
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले भन्छौ, “हामीले मृत्युसँग सम्झौता गरेका छौं। हाम्रो पातालसँग सम्झौता छ। यसैले हामी दण्डित हुने छैनौं। दण्डले हामीलाई घात नगरी जानेछ। हामी हाम्रो चलाकी अनि झूटो पछाडी लुक्नेछौं।”