Isaiah 28:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब सार्वभौम परमप्रभु यसो भन्नुहुन्छ, “म सियोनमा एउटा दह्रिलो र बलियो जग बसाल्दै छु। त्यसका एक कुनामा एउटा खँदिलो ढुङ्गा राख्दै छु। त्यस ढुङ्गामा यी शब्द लेखिएका छन्, ‘दह्रिलो विश्वास गर्ने अकमकिनेछैन।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण सर्वोच्च परमप्रभु भन्नुहुन्छ, “हेर, मैले सियोनमा एउटा ढुङ्गो बसालेको छु, एउटा जाँचेको ढुङ्गो, दृढ़ जगको निम्ति एउटा बहुमूल्य कुने-ढुङ्गो। भरोसा गर्नेले कहिल्यै हरेस खानेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण प्रभु याहवेह यसो भन्नुहुन्छ: “हेर, मैले सियोनमा एउटा ढुङ्गा बसालेको छु, एउटा जाँचिएको ढुङ्गा, एउटा दृढ जगको बहुमूल्य कुनेढुङ्गा, त्यसमा भरोसा गर्ने कहिल्यै निराश हुनेछैन।
Nepali ERV (पवित्र बाइबल)
ती कुराहरूले गर्दा परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “म चट्टान राखिदिनेछु। एउटा मूलढुङ्गा-सियोनको भूईंमा। यो एकदमै बहुमूल्य ढुङ्गा हुनेछ। प्रत्येक कुरा यस महत्वपूर्ण ढुङ्गामाथि बनाइनेछ। जसले त्यो ढुङ्गामा भरोसा राख्दछ उ निराश हुनेछैन।