Isaiah 28:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म इन्साफलाई नाप्ने डोरी र धार्मिकतालाई चाहिँ साहुल बनाउनेछु।” तिमीहरूले भरोसा गरेका सबै झूटहरू असिनासित आएको आँधीले बगाइलानेछ र तिमीहरूको सुरक्षा बाढले नष्ट पार्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म इन्साफलाई नाप्ने डोरी, र धार्मिकतालाई चाहिँ साहुल बनाउनेछु। असिनाले तिमीहरूको झूटको शरणस्थान बगाएर लैजानेछ, र पानीले तिमीहरूको लुक्ने ठाउँ डुबाइदिनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म न्यायलाई नाप्ने डोरी, र धार्मिकतालाई साहुल बनाउनेछु; तिमीहरूको झूटको शरणस्थान असिनाले सोहोरेर लानेछ; अनि पानीले तिमीहरूको लुक्ने ठाउँलाई बगाइदिनेछ।
Nepali ERV (पवित्र बाइबल)
“मानिसहरूले पर्खाल सिधा देखाउनलाई वजन सहितको साऊल प्रयोग गरे। त्यस्तै प्रकारले के चाहि ठीक हो देखाउनलाई म इन्साफ र सद्भावना चलाउनेछु। “दुष्ट मानिसहरू तिमीहरू आफ्नो चलाकी अनि झूटोको पछाडी लुक्न खोजिरहेछौ। तर तिमीहरू दण्डित हुनेछौ। तिमीहरू लुक्ने ठाउँहरूमा तूफान वा बाढी जस्तो ध्वंश गर्न आइरहेछ।