Isaiah 28:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले मृत्‍युसित गरेको सन्‍धि मेटिनेछ र पातालसित मिलाएको मतो खारेज गरिनेछ। विपत्ति आउँदा तिमीहरू हार खानेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मृत्‍युसितको तिमीहरूको करार रद्द गरिनेछ, र पातालसित गरेको तिमीहरूको सम्‍झौता स्‍थिर रहनेछैन। जब विपत्तिको बाढ़ यताबाट जानेछ, तिमीहरूलाई त्‍यसले डुबाउनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मृत्युसितको तिमीहरूको करार नष्‍ट पारिनेछ; चिहानसितको तिमीहरूको सम्झौता स्थिर रहनेछैन। जब विपत्तिको बाढी यताबाट जानेछ, त्यसले तिमीहरूलाई डुबाउनेछ।
Nepali ERV (पवित्र बाइबल)
मृत्युसँग भएको तिम्रो सम्झौता मेटिएर जानेछ। पातालसँग भएको तिम्रो सम्झौताले तिमीलाई सहयोग गर्नेछैन। “कोही एकजना मानिस आएर तिमीहरूलाई दण्ड दिनेछ। उसले तिमीहरूलाई फोहर-मैला जस्तै कुल्चेर जानेछ।