Isaiah 28:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रभुले तिनीहरूमाथि हमला गर्न कुनै बलियो र शक्तिशाली व्यक्ति तयार गर्नुभएको छ। तिनी असिनाको आँधी र वर्षाको मुसलधार पानी, वेगले अघि बढेको रोक्न नसकिने बाढीझैँ आउनेछन् र देशलाई बरबाद पार्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हेर, परमप्रभुको एक जना शक्तिशाली र बलियो जन छ। असिना र नाश गर्ने आँधीझैँ, भयङ्कर बाढ़ीको मुसलधार वर्षा र तूफानझैँ उहाँले जोडदार रूपमा त्यसलाई भूइँमा फालिदिनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हेर, प्रभुको एक जना शक्तिशाली र बलवान् जन छन्। तिनले असिना र नाश गर्ने हुरीजस्तै, मुसलधार वर्षाको उर्लंदो पानीको बाढीजस्तै, त्यसलाई जबरजस्ती भुइँमा फाल्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
हेर, मेरो मालिकको एकजना बलियो र शक्तिशाली मानिस छ। त्यो मानिस यस देशमा असिनाका ढिका र आँधी बेह्री झैं आउने छ। उ तूफान जस्तो भएर यो देशभित्र आउने छ। उ शक्तिशाली नदीको पानी सरह बाढी भएर यो देशमा आउनेछ। उसले मुकुट भूईंमा फालि दिनेछ।