Isaiah 28:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू यो उखानको मानिसजस्तो हुनेछौ, जसले लम्पसार पर्दा छोटो हुने एउटा पलङ्गमा, ओढ्दा सानो जिउ ढाक्ने कम्बल लिएर सुत्ने चेष्टा गर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
लम्पसार पर्नलाई ओछ्यान साह्रै छोटो हुन्छ, आफूलाई ढाक्न कम्बल साह्रै सानो हुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
लम्पसार पर्नलाई पलङ साह्रै छोटो छ, र तिमीहरूलाई ढाक्न कम्बल साह्रै सानो छ।
Nepali ERV (पवित्र बाइबल)
“त्यसपछि मात्र तिमीहरूले यो कथा बुझ्नेछौ एक जना मानिसले एउटा ओछ्यानमा सुत्ने प्रयास गर्यो जुन उसकोलागि एकदमै छोटो थियो। अनि ऊसँग एउटा कम्बल त थियो तर त्यसले पुरै ढाकिंदै थियो। ओछ्यान र कम्बल बेकामको भयो, अनि त्यस्तै प्रकारले तिमीहरूका सम्झौताहरू पनि बेकामको भयो।”