Isaiah 28:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गिबोनको बेसीमा र पराजीम पर्वतमाथि लडाइँ गरेझैँ परमप्रभुले आफ्‍नो काम उत्तिकै अनौठो भए पनि गर्नुहुनेछ। उहाँले आफ्‍नो रहस्‍यपूर्ण काम पूरा गरिछोड्‍नुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पराजीम पर्वतमा उठ्‌नुभएझैँ परमप्रभु उठ्‌नुहुनेछ, गिबोनको बेँसीमा उहाँ जाग्‍नुभएझैँ जाग्‍नुहुनेछ— आफ्‍नो काम, आफ्‍नो अनौठो काम गर्न र आफ्‍नो कार्य, अर्थात्‌ आफ्‍नो अर्कै कार्य पूरा गर्न।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पराजीम पर्वतमा उठ्नुभएझैँ याहवेह उठ्नुहुनेछ, गिबोनको बेँसीमा उहाँ जाग्नुभएझैँ जाग्नुहुनेछ— आफ्नो काम, आफ्नो अनौठो काम गर्न र आफ्नो कार्य, आफ्नो अद्‌भुत कार्य पूरा गर्न।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु पराजीम पर्वतमा जस्तै युद्ध गर्नु हुनेछ। उहाँ गिबोनको बेंसीमा भए जस्तै क्रोधित हुनु हुनेछ। तब परमप्रभुले ती कुराहरू गर्नु हुने नै छ, परमप्रभुले केही अद्भुत कामहरू गर्नुहुनेछ। तर उहाँले आफ्नो काम सिद्ध्याउनु नै हुनेछ। उहाँका कार्यहरू अनौठो कार्यहरू हुन्।

Recommended Reading