Isaiah 28:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले दिएको चेतावनीको ठट्टा नगर! ठट्टा गर्‍यौ भने तिमीहरूलाई उम्‍कन अझ गाह्रो पर्नेछ। सारा देश ध्‍वस्‍त गर्ने प्रभु सर्वशक्तिमान् परमप्रभुको निर्णयबारे मैले सुनेको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब आफ्‍नो ठट्टा रोक, नत्रता तिमीहरूका साङ्‌ला अझ गह्रौँ हुनेछन्‌। परमप्रभु, सर्वशक्तिमान्‌ परमप्रभुले सारा देश नै नष्‍ट हुने कुरा मलाई भन्‍नुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब तिमीहरूको ठट्टा रोक, नत्रता तिमीहरूका साङ्लाहरू अझ गह्रौँ हुनेछन्; प्रभु, सेनाहरूका याहवेहले मलाई सारा देशको विरुद्ध उर्दी जारी गर्नुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
अब तिमीहरूले ती चीजहरूको विरूद्धमा लडाइँ गर्नु नै हुँदैन्। यदि गर्यौ भने, डोरीहरूले तिमीहरूलाई वरिपरि कसेर बाँध्नेछ। मैले सुनेका शब्दहरू बद्लिने छैन। ती शब्दहरू सेनाहरूका परमप्रभुबाट आएका हुन् जो सारा पृथ्वीका शासक हुनुहुन्छ। अनि ती कुराहरू हुने नै छन्।

Recommended Reading