Isaiah 28:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एकपल्‍ट जमिन तयार पारेपछि त्‍यसले सुँप र जीराको बिउ छर्दछ। लहर-लहर गरी गहुँ र जौ रोप्‍छ र खेतका किनारमा अरू अन्‍न लगाउँछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब उसले जमिन खनेर सम्‍म बनाउँछ तब के उसले सूँप र जीरा छर्दैन? के उसले गहूँ त्‍यसकै स्‍थानमा रोप्‍दैन? र जौ त्‍यसको नियत स्‍थानमा रोप्‍दैन? र कठिया खेतमा रोप्‍दैन?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उसले माटो सम्म पारेपछि के उसले सुँप र जीरा छर्दैन र? के उसले त्यसकै ठाउँमा गहुँ, जौ त्यसकै ठाउँमा र कठियालाई त्यसकै ठाउँमा छर्दैन र?
Nepali ERV (पवित्र बाइबल)
किसान पहिला खेत तयार गर्दछ र बिऊ छर्दछ। किसानले बिऊहरू धेरै प्रकारले रोप्ने गर्दछ। किसान मसलाका बिऊहरू छर्दछ। जीराका बिऊहरू माटोमा छर्दछ। गहुँ लहर पार्दै रोप्दछ। किसान खास जग्गामा जौ रोप्दछ, अनि गहुँका बिऊ खेतमा छर्ने गर्दछ।