Isaiah 28:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती अहङ्कारी अगुवाहरूको ओइलाउन लागेको गौरव नेभाराको ग्रीष्‍म ऋतुमा पहिलो फलझैँ हराइजानेछ, जुन फल पाक्‍ने बित्तिकै मानिसहरूले टिपेर खाइहाल्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसको महिमित शोभाको ओइलाउने फूल, जो प्रशस्‍त उब्‍जनी हुने बेँसीको सिरानमा राखिएको छ, त्‍यो कटनीभन्‍दा पहिले पाकेको अञ्‍जीरजस्‍तो हुनेछ, जो कसैले देख्‍ने बित्तिकै हातमा लिएर निलिहाल्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो ओइलाउँदै गरेको फूल, मलिलो बेँसीको शिरमाथि लगाएको त्यसको महिमा, कटनीको अगि नै पाकेको नेभाराझैँ हुनेछ; मानिसहरूले यसलाई देख्नेबित्तिकै हातमा लिन्छन्, र तिनीहरूले यसलाई निलिहाल्छन्।
Nepali ERV (पवित्र बाइबल)
त्यो शहर पहाडमा अवस्थित छ। सुन्दर घाटीहरूले यसलाई घेरेको छ। अनि फूलहरूको त्यो सुन्दर मुकुट ओइलिंदै गएको बोट जस्तो हो। यो ग्रीष्मको पहिलो नेभारा जस्तो हुनेछ। जब एकजना मानिसले नेभार देख्छ, उसले त्यसलाई टिप्छ अनि खान्छ।