Isaiah 28:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले न्‍याय गर्न बसेका न्‍यायकर्ताको निम्‍ति न्‍यायको ज्ञान र सहरको रक्षा गर्न मूलढोकामा उभेका पहरेदारको निम्‍ति साहस दिनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँ इन्‍साफ गर्नलाई बस्‍नेको निम्‍ति न्‍यायको आत्‍मा र सहरको मूल ढोकामा युद्ध गर्नेहरूका निम्‍ति शक्तिको स्रोत हुनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
न्याय गर्न बस्‍नेका निम्ति उहाँ न्यायको आत्मा, र लडाइँ मूलढोकातिर नै फर्काइदिनेहरूका निम्ति उहाँ सामर्थका स्रोत हुनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
तब परमप्रभुले मानिसहरूलाई शासन गर्नको लागि न्यायधीशहरूलाई न्यायको ज्ञान दिनु हुनेछ। परमप्रभुले शहरको प्रवेशद्वारमा लडाइँकालागि मानिसहरूलाई शक्ति दिनुहुनेछ।