Isaiah 28:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अगमवक्ताहरू र पूजाहारी पनि यति धेरै मद्य पिउँछन् कि तिनीहरूका खुट्टा लरबरिन्‍छन्। तिनीहरूले यति धेरै मद्य र निगार पिएका छन् कि तिनीहरू दोधारमा परेर खुट्टा अल्‍झेर हिँड्छन्। अगमवक्ताहरूले मद्यले खुबै मातेर परमेश्‍वरले दिनुभएका दर्शनहरू बुझ्‍दैनन् र पूजाहारीले त्‍यसरी नै मातेर आफूकहाँ ल्‍याएका विषयबारे ठीक विचार गर्न सक्‍दैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यिनीहरू पनि दाखमद्यले गर्दा धरमरिन्‍छन्, जाँड़ले गर्दा तिनीहरू लरबरिन्‍छन्‌: पूजाहारी र अगमवक्ता जाँड़ले धरमरिन्‍छन्‌। दाखमद्यले तिनीहरू लट्ठिएका छन्‌। तिनीहरू जाँड़ले गर्दा धरमरिएका छन्‌। दर्शन देख्‍दा तिनीहरू धरमरिन्‍छन्, निर्णय दिँदा तिनीहरू लरबराउँछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू पनि मद्यले लरबरिन्छन्, र मदिरा पिएर भड्किएका छन्: पुजारी र अगमवक्ताहरू मताउने पेय पदार्थ पिएर धरमरिन्छन्, र मद्यले उन्मत्त हुन्छन्; तिनीहरू मद्यले धरमराएका छन्, दर्शन देख्दा तिनीहरू धरमरिएका छन्; तिनीहरू निर्णय दिँदा भड्किन्छन्।
Nepali ERV (पवित्र बाइबल)
अहिले ती अगुवाहरू मातेकाछन्। पूजाहारीहरू र सबै अगमवक्ताहरू सम्पूर्ण रूपले दाखमद्यमा डुबेकाछन् अनि तिनीहरू भ्रमित भएर धर्मराउँछन्।