Isaiah 28:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले मेरो बारेमा सुस्केरा लाउँछन्। तिनीहरू भन्छन्, “त्यसले कसलाई के सिकाउँदै छु भनी ठान्छ हँ? कसलाई त्यसको सन्देश चाहिएको छ र? अँ, भर्खरै आमाको दूध छोडेका बालकहरूको लागि भने त्यो ठीकै होला!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“त्यसले कसलाई सिकाउन चाहेको छ? कसलाई त्यसले समाचारको अर्थ बुझाउँदैछ? भर्खर दूध छोड़ेका बालकहरूलाई, भर्खर दूधबाट अलग गरिएकाहरूलाई?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“त्यसले कसलाई सिकाउन चाहेको छ? आफ्नो सन्देश कसलाई बयान गरिरहेको छ? भर्खर दूध छोडेका बच्चाहरू, भर्खर स्तनबाट अलग गरिएकाहरूलाई?
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले मानिसहरूलाई पाठ सिकाउने कोशिश गरिरहनु भएकोछ। परमप्रभु आफ्ना उपदेशहरू मानिसहरूलाई बुझाउने कोशिश गर्नुहुन्छ। तर मानिसहरू भने बालखै जस्त छन्। तिनीहरू भने केही क्षण अघिबाट मात्र आमाको दूध खान लागे जस्ता छन्।