Isaiah 29:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले तिमीहरूलाई निद्राले लट्ठ पार्नुभएको छ। तिमीहरू घोर निद्रामा पर्न आँटेका छौ। अगमवक्ताहरू मानिसहरूका आँखा हुन् तर परमेश्‍वरले तिनीहरूका आँखामा पट्टी बाँधिदिनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले तिमीहरूमा गहिरो निद्रा ल्‍याइदिनुभएको छ, र तिम्रा आँखा (अर्थात्‌ अगमवक्ताहरू) बन्‍द गरिदिनुभएको छ, र तिम्रा शिर (अर्थात्‌ दर्शन देख्‍नेहरू) ढाकिदिनुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले तिमीहरूमाथि एउटा गहिरो निद्रा ल्याउनुभएको छ: उहाँले अगमवक्ताहरूका आँखा बन्द गरिदिनुभएको छ; उहाँले दर्शीहरूका शिरहरू छोपिदिनुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले तिमीहरूमा गहीरो निद्रा ल्याइदिनु भएको छ। परमप्रभुले तिमीहरूका आँखाहरू बन्द गरिदिनु हुनेछ। (अगमवक्ताहरू नै तिमीहरूको आँखाहरू बन्नेछ।) परमप्रभुले तिमीहरूका टाउकाहरू छोपि दिनुहुनेछ (अगमवक्ताहरू तिमीहरूका शिर हुनेछन्।