Isaiah 29:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हरेक अगमवाणीसम्‍बन्‍धी दर्शनको अर्थ तिमीहरूलाई गुप्‍त राखिनेछ। त्‍यो एउटा मोहोर लाएको बेरुवा पुस्‍तक हुनेछ। कोही पढ्‍न-लेख्‍न जान्‍ने मानिसकहाँ लगेर त्‍यो तिमीहरूले देखाई पढ्‍न लायौ भने त्‍यो उसले पढ्‍न सक्‍दिन भन्‍नेछ किनभने त्‍यसमा मोहोर लागेको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूका निम्‍ति यो सारा दर्शन छाप लगाएर बन्‍द गरिएको पुस्‍तकका मुट्ठाका शब्‍दहरू मात्र हुन्‌। अनि यदि तिमीहरूले पुस्‍तकको मुट्ठा कुनै पढ्‌न सक्‍ने मानिसलाई यसो भनेर दियौ भने, “दया गरी, यो पढ्‌नुहोस्,” त्‍यसले जवाफ दिएर भन्‍नेछ, “अँहँ, म पढ्‌न सक्‍दिनँ, त्‍यो छाप लगाएको बन्‍द पुस्‍तक हो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूका निम्ति यो सम्पूर्ण दर्शन अरू केही होइन, तर चर्मपत्रमा छाप लगाएर राखिएका शब्दहरू मात्र हुन्। अनि यदि तिमीहरूले लेखपढ गर्न सक्ने कसैलाई यो चर्मपत्र दिएर, “दया गरी यसलाई पढिदिनुहोस्” भन्यौ भने, त्यसले, “म सक्दिनँ, यसमा छाप लगाइएको छ” भनेर जवाफ दिनेछ।
Nepali ERV (पवित्र बाइबल)
यी कुरारू घट्ने छन् म तिमीहरूलाई भन्छु, तर तिमीहरूले मलाई बुझ्ने छैनौ। मेरा शब्दहरू त्यस्ता शब्दहरू हुन् जो पुस्तकमा बन्द र मोहर लगाएको छ। तिमीले त्यो पुस्तक त्यस मानिसलाई दिनसक्छौ जसले पढन सक्छ, अनि त्यस मानिसलाई त्यो पुस्तक पढनु भन्। तर त्यस मानिसले भन्नेछ, “म त्यो पुस्तक पढन सक्तिनँ, यो बन्द छ र म खोल्नु सक्तिनँ”