Isaiah 29:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले भन्नुभयो, “यी मानिसहरूले मलाई पुज्नेछन् भनी दाबी गर्छन् तर तिनीहरूका बोलीको केही अर्थ लाग्दैन किनभने तिनीहरूको मन मदेखि टाढा छ। तिनीहरूको धर्म तिनीहरूले कण्ठै गरेका मानिसका नियमहरू र परम्पराहरू मात्र हुन्, अरू केही होइनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले यसो भन्नुहुन्छ, “यी मानिसहरू मुख देखाउन मेरो नजिक आउँछन् र ओठले मेरो आदर गर्छन्, तर तिनीहरूको हृदय भने मदेखि टाढ़ा छ। मप्रतिको तिनीहरूको आराधना केवल मानिसहरूले सिकाएका विधिहरू हुन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रभु भन्नुहुन्छ: “यी मानिसहरू मकहाँ आफ्ना मुख देखाउन आउँछन्; अनि मलाई तिनीहरूका ओठहरूले आदर गर्छन्, तर तिनीहरूका हृदय मदेखि टाढा छन्। मप्रति तिनीहरूका आराधना मानवीय नियम मात्र हुन्।
Nepali ERV (पवित्र बाइबल)
मेरो मालिकले भन्नुहुन्छ, “ती मानिसहरूले मलाई प्रेम गर्छु भन्छन्। तिनीहरूले मलाई मुखबाट शब्दहरू निकालेर सम्मान दर्शाउँछन्। तर तिनीहरूका हृदय मबाट धेरै टाढा छ। तिनीहरूले मप्रति दर्शाएका आदर अनि गौरव केही होइन तिनीहरूले केवल मानव विधिहरू स्मरण गरेका मात्र हुन्।