Isaiah 29:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण म तिमीहरूलाई एकपछि अर्को गरेर झस्काउनेछु। जो बुद्धिमान् छन्, तिनीहरू मूर्ख बन्नेछन् र तिनीहरूको बठ्याइँ सबै व्यर्थ हुनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण म एक पल्ट फेरि यस प्रजाको बीचमा उदेकमाथि उदेकको काम गरेर छक्क पार्नेछु, र तिनीहरूका बुद्धिमान् मानिसहरूको बुद्धि नष्ट हुनेछ, र तिनीहरूका सबैभन्दा चतुर मानिसहरूको चतुर्याइँ लोप हुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण म फेरि एक पल्ट यी मानिसहरूलाई अद्भुत कार्यमाथि अद्भुत कार्यले छक्क पार्नेछु; बुद्धिमानीहरूका बुद्धि नष्ट हुनेछ, र ज्ञानीहरूका ज्ञान लोप भएर जानेछ।”
Nepali ERV (पवित्र बाइबल)
यसैले म तिनीहरूलाई लगातार प्रभाव पूर्ण र अचम्म लाग्दा कामहरू गरेर चकित पारिरहन्छु। तिनीहरूका ज्ञानी मानिसहरूले आफ्ना विवेकहरू हराउनेछन्। तिनीहरूमा बुझ्ने क्षमता हुँदैन।”