Isaiah 29:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ज-जसले आफ्ना युक्तिहरू परमप्रभुबाट लुकाउँछन्, तिनीहरूको विनाश हुनेछ। तिनीहरूले गुप्तमा आफ्ना युक्ति रच्दछन् र कसैले हामीलाई देख्दैनन् र हाम्रा काम थाहा पाउँदैनन् भन्ठान्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धिक्कार तिनीहरूलाई, जसले आफ्नो युक्ति परमप्रभुबाट लुकाउने ठूलो प्रयत्न गर्दछन्, जसले आफ्ना काम अँध्यारोमा गर्दछन्, र सोच्छन्, “कसले हामीलाई देख्छ र? कसले जान्दछ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूलाई धिक्कार! जो आफ्ना योजनाहरू याहवेहदेखि लुकाउनलाई गहिराइको खोज गर्छन्, जसले आफ्ना काम अन्धकारमा गरेर सोच्छन्, “हामीलाई कसले देख्छ? कसले थाहा पाउँछ?”
Nepali ERV (पवित्र बाइबल)
ती मानिसहरू धेरै कुराहरू परमप्रभुबाट लुकाउने कोशिश गर्दछन्। तिमीहरूले सोच्दछन् कि परमप्रभुले बुझ्नु हुन्न्। तिनीहरूले आफ्नो दुष्ट कार्यहरू अँध्यारोमा गर्नेछन्, तिनीहरूले आफैलाई भन्ने छन्, “कसैले पनि हामीलाई देख्न सक्तैन। हामी को हौं भनेर पनि कसैले चिन्दैन।”