Isaiah 29:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले हरेक कुरा उल्टा-पुल्टा पार्दछन्। कुमाले र माटोमा कुनचाहिँ ठूलो हो? के मानिसले बनाएको कुराले उसलाई “तिमीले मलाई बनाएको होइन” भनी भन्न सक्छ? अथवा बनाएका चीजले त्यो बनाउनेलाई “तिमी के गर्दछौ आफैं जान्दैनौ” भन्दछ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कुमाले माटोजस्तै छ भनी सोचेजस्तै तिमीहरू कुरा उल्टापुल्टा पार्छौ! के बनाएको चीजले बनाउनेको विषयमा भन्छ, “त्यसले मलाई बनाएको होइन”? के बनाएको भाँड़ाले कुमालेको विषयमा यसो भन्न सक्छ, “त्यसले केही पनि जान्दैन”?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कुमालेलाई माटो सरह ठानेर तिमीहरू कुराहरू उल्टापुल्टा पार्छौ! के बनिएको चीजले आफूलाई बनाउनेलाई “उसले मलाई बनाएको होइन” भन्छ? के भाँडाले कुमालेलाई, “त्यसले केही जान्दैन” भन्न सक्छ?
Nepali ERV (पवित्र बाइबल)
तिमी अन्योलमा पर्नेछौ। तिमी माटो र कुमालेलाई बराबर हो भन्ने सोच्छौ। तिमी सोच्छौ एउटा चीज जुन बनाइन्छ त्यसले आफ्नो सृष्टिकर्तालाई भन्न सक्छ, “तिमीले मलाई बनाएनौ।” यो आफूलाई सृष्टि गर्नेलाई भनिरहेको भाडाँ जस्तै हो, “तिमी बुझ्दैनौं।”