Isaiah 29:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि “परमेश्‍वरको वेदी” कहलाइएको त्‍यो सहरमा परमेश्‍वरले विनाश ल्‍याउनुहुनेछ। त्‍यहाँ रुवाइ-कराइ र बिलौना हुनेछ अनि सहरचाहिँ रगतले छोपेको वेदीजस्‍तो हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तापनि म अरीएललाई घेरा हाल्‍नेछु र त्‍यो रुनेछ र त्‍यसले विलाप गर्नेछ, त्‍यो मेरो निम्‍ति वेदीको अगेनो हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तापनि म अरीएललाई घेर्नेछु; उसले बिलौना र विलाप गर्नेछ, र ऊ मेरा निम्ति वेदीको चुल्होझैँ हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
मैले अरीएललाई दण्डित गरें। त्यो शहर खिन्नता र विलापले परिपूर्ण भयो। तर सधैं मेरो अरीएल भई।