Isaiah 29:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अर्काको निन्‍दा गर्ने, अपराधीलाई दण्‍ड दिने-नदिने र झूटो साक्षी दिएर निर्दोषको न्‍याय बिगार्नेहरू सबैलाई परमप्रभुले नाश पार्नुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसले मानिसलाई कुरामा फसाएर दोषी ठहराउँछन्, र न्‍यायालयमा प्रतिवादीलाई पासोमा पार्छन्, र निर्दोषीलाई इन्‍साफ गर्दा झूटा गवाही दिएर न्‍यायबाट वञ्‍चित गर्दछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू, जसले मानिसलाई बोलीद्वारा दोषी ठहराउँछन्, जसले अदालतमा प्रतिवादीलाई पासो थाप्छन्; अनि झूटो गवाहीद्वारा निर्दोषहरूका न्याय खोस्छन्।
Nepali ERV (पवित्र बाइबल)
ती मानिसहरूले असल मानिसहरूका बारेमा झूटो कुरा गर्नेछन्। तिनीहरूले मानिसहरूलाई न्यायालयमा पुर्याउन खोज्दछन्। ती निर्दोष मानिसहरूलाई नाश पार्न चाहन्छ।

Recommended Reading