Isaiah 29:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसर्थ अब्राहामलाई उद्धार गर्नुहुने इस्राएलका परमेश्वर परमप्रभु अब यसो भन्नुहुन्छ, “हे मेरा प्रजा, अब उसो तिमीहरू बदनाम हुनेछैनौ र तिमीहरूको अनुहार लाजले झुक्नुपर्नेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण अब्राहामलाई उद्धार गर्नुहुने परमप्रभुले याकूबको घरानालाई यसो भन्नुहुन्छ, “याकूब अब लज्जित हुनेछैन, न त तिनीहरूको अनुहार पहेँलो हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण अब्राहामलाई उद्धार गर्नुहुने याहवेह, याकोबको घरानालाई यसो भन्नुहुन्छ: “अब उसो याकोब शर्ममा पर्नेछैन; अब उसो तिनीहरूका अनुहार पहेँलो हुनेछैन।
Nepali ERV (पवित्र बाइबल)
यसैले परमप्रभु याकूबका परिवारसित बात मार्नु हुन्छ। उहाँ उही परमप्रभु हुनुहुन्छ जसले अब्राहामलाई स्वतन्त्र पार्नु भयो। परमप्रभु भन्नुहुन्छ, “अब याकूब लज्जित र व्याकुल हुनेछैन् न त तिनीहरूको अनुहार पहेंलो हुनेछ।